बिर्तामाेड । झापा अर्जुनधाराका दुई युवालाई प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । अर्जुनधारा ५ का ती युवालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा ५ २६ वर्षीय रोजन मोहोरा र २४ वर्षीय पवन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ स्थित घैलाडुब्बाबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट १ ग्राम ब्राउनुसुगर बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैबीच, विराटनगर महानगरपालिका १५ बाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका अग्नीसाईर कृष्णासवरण ३ सप्तरीका २० वर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।