झापा । झापाको मेचीनगर नगरपालिका १ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

हिजो बुधबार दिउँसो साढे ३ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे. २ प १५२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा विरेन्द्र दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।