झापा । पुरानो मेची पुलबाट आउँदै गरेका मेचीनगरका दुई व्यक्तिलाई प्रतिबन्धित ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । मेचीनगर ६ काँकरभिट्टाका ती युवालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

 

आज अपराह्न ४ बजेतिर इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका स्थानीय ३३ वर्षीय शिव श्रेष्ठ प्रधान र ३३ वर्षीय विजय तिवारीलाई पक्राउ गरेको हो ।

 

उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ (ब्राउनसुगर) १ ग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।