झापा । बैंकिङ कसुर मुद्दामा फरार रहेका झापा कमल गाउँपालिका वडा नम्बर ३ का फणिन्द्र पन्धाक जेल चलान भएका छन् ।

 

उच्च अदालत विराटनगर इलाम इजलासको गत जेठ १८ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दमा फरार रहेका पन्धाकलाई जिल्ला प्रहरी कार्यालय झापाको टालीले हिजो बुधबार पक्राउ गरेको हो ।

 

झापा प्रहरीका अनुसार पक्राउ परेका पन्धालाई फैसला कार्यान्वयनका लागी आज बिहीबार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको थियो । अदालतको आदेशले निज प्रतिवादीलाई कैद भुक्तानको लागी झापा जिल्ला कारागार पठाइएको प्रहरी प्रवक्ता तथा डिएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

 

उनका अनुसार ५० वर्षीय पन्धाकलाई अदालतको आदेशले ७ दिन कैद र १३ लाख २० हजार जरिवाना तोकेको छ ।