झापा । बिर्तामाेडबाट प्रकाशित हुने प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । बिर्तामोड ९ आदर्शचौक निवासी राजवंशीकी ८७ वर्षीया आमा कलावतीको मंगलवार दिउँसो निधन भएको हो ।

 

राजवंशीलाई केही समय अघिदेखि स्वासप्रश्वासमा समस्या देखिएको थियो । राजवंशीका श्रीमान कमलसिंहको यसअघि नै निधन भएको छ भने जेठी बुहारी र कान्छी छोरीको समेत यसअघि नै निधन भएको थियो ।

 

स्व राजवंशीका पाँच छोरा र एक छोरी रहेका छन् । जसमध्ये साइला छोरा इन्द्रसिंह पत्रकार हुन् । उनी लामो समयदेखि झापामा रहेर पत्रकारिता गरिरहेका छन् ।

 

स्व राजवंशीका पाँच छोरा बुहारीमा वेलासिंह-स्व खेमकुमारी, चन्द्रसिंह-शारदा, इन्द्रसिंह-सकुन, मेघासिंह-सन्ध्या र टेकसिंह-पुष्पा रहेका छन् भने एक छोरी गीता राजवंशी रहेकी छिन् । राजवंशीको बुधबार १० बजे कनकाई माईमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।