भद्रपुर । झापाको हल्दिबारी गाउँपालिकास्थित मंगलबारेबाट नम्बर प्लेट नभएको ट्याक्टरमा सखुवाको गोलिया लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
हल्दिबारी ४ को मंगलबारेमा मंगलबार अपराह्न ४ बजेतिर ६ थान सखुवाको गोलिया लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले ट्याक्टर बरामद गरेको हो ।
प्रहरीको टोलीले रोक्न खोज्दा चालकले ट्याक्टर र काठ छाडेर भागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त ट्याक्टर र ६ थान गोलिया काठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्वाहीको लागी आज बुधबार डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ ।