शनिश्चरे । अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा आजदेखि आम सञ्चार तथा पत्रकारिता तालिम सुरु भएको छ ।

 

अर्जुनधारा नगरपालिकाका सबै वडाका इच्छुक सहभागीलाई समेटेर सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुलीले गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख पराजुली र नेपाल प्रेस काउन्सिलका सदस्य गणेश पोख्रेललगायतले आफ्ना धारणा राखेका थिए ।

 

अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको अध्यक्षतामा भएको तालिममा २० जना सहभागी छन् । उनीहरुलाई डा. टंक उप्रेतीले प्रशिक्षण दिएका छन् । कार्यक्रमकाे सञ्चालन वडा सचिव प्रकाश पाैडेलले गरेका थिए ।