यमुना ढुंगाना (प्रशिक्षार्थी पत्रकार)
शनिश्चरे । झापाको अर्जुनधारा नगरको पहिलो एफएम स्टेशन मेरो रेडियोले सञ्चालन गरेको ७ दिने मेरो आवाज तालिम शनिबार सम्पन्न भएको छ । अर्जुनधारा ८ स्थित मेरो रेडियोको सभाहलमा रेडियोका अध्यक्ष शंकर सुवेदीको अध्यक्षतामा आयोजित तालिम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, रेडियोका प्रबन्ध निर्देशक कुमार भट्टराई, रेडियोका अध्यक्ष सुवेदीले आफ्ना भनाइ राखेका थिए । उनीहरुले सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरे ।
सोही कार्यक्रममा प्रशिक्षार्थीहरु खेमचन्द्र गौतम, रञ्जिता खड्का, सजिन बोहोरालगायतले तालिमको अनुभव प्रस्तुत गरेका थिए । तालिमका सहभागी २८ जना प्रशिक्षार्थीलाई प्रशिक्षकहरु पत्रकार अमित खम्बू, तालिम संयोजक दीपक ढुंगाना र सरोज निरौलाले आधारभूत पत्रकारिता, उद्घोषण र कार्यक्रम उत्पादनसम्बन्धी प्रशिक्षण दिएका थिए ।
तालिम संयोजक ढुंगानाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालक राजेश नेपाल र शिवानी राईले गरेका थिए ।
