इलाम । इलाममा जेठाजुले धारिलो हतियार खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । जिल्लाको माई नगरपालिका ३ मा ३९ वर्षीय जेठाजु सन्तोष खातीले २३ वर्षीया बुहारी अमृता खातीको खुकुरी प्रहार गर्दा बुहारीको मृत्यु भएको हो ।

 

अमृतालाई दायाँ हातको पाखुरा र घाँटीको पछाडि गर्धनमा खुकुरी प्रहार गर्दा सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लगिएको थियो ।

 

उनको उपचारकै क्रममा मङ्गलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न जेठाजु सन्तोष भने फरार रहेकोले खोजी भइरहेको इलाम प्रहरीले जनाएको छ ।