झापा । झापाको मेचीनगरमा पिकअप बोलेरो गाडीको ठक्करबाट बिहीबार राति एक जनाको मृत्यु भएको छ । दुर्घटनापछि घटनास्थलमा तनाव सिर्जना भएको थियो ।

 

मेची राजमार्गअन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको पिकअप बोलेरोले मेचीनगर १२ धाइजनस्थित रीतिका डेरीनजिकै ठक्कर दिँदा करिव ४० वर्षीय राजन विकको मृत्यु भएको हो ।

 

दुर्घटनापछि गाडी फरार भएकोले घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयले प्रहरीलाई शव उठाउन दिएका थिएनन् । घटनास्थलमा आक्रोशित स्थानीयले शवलाई घेरेर प्रदर्शन गरेका थिए । ठक्कर दिने गाडीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।