सेवाग्राहीको ‘फिङ्गर प्रिन्ट’ लिने तयारी गर्दै जिल्ला प्रशासन कार्यालय इलामका कर्मचारीहरु ।

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले आज (बिहीबार)देखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

 

प्रशासनले परिचयपत्र लिन व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने जनाएको छ । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुने प्रशासनले सुझाएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमै आएर फोटो खिचाएकाहरुको परिचयपत्र वितरण गरिने जनाइएको छ ।

 

कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरणको तयारी गरिएको प्रजिअ पोखरेलले जानकारी दिए ।