बिर्तामोड । इलाम माङसेबुङ गाउँपालिकाका एक युवक प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ साढे ७ बजे झापा गाउँपालिका ४ मा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका ईलाम माङसेबुङ गाउँपालिका ९ का युवराज लिम्बूलाई पक्राउ गरेको हो ।
साइकलबाट आउँदै गरेका ३० बर्षीय लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउनसुगर फेला प्रहरीले पारेको थियो । उनले साइकलको ह्यान्डलभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।