झापा । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका ३ सुरुङ्गाकी ५२ वर्षीया महिलाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
आइतबार बेलुकादेखि बिर्तासिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी संक्रमित पवित्रा श्रेष्ठको उपचार भइरहेको थियो । सोमबार साँझ उनको मृत्यु भएको आफन्त तिलरुपा श्रेष्ठले बताइन् । विरामी श्रेष्ठलाई डेंगी पोजिटिभ देखिएको र त्योसंगै अन्य पनि समस्या रहेको बिर्तासिटी हस्पिटलले जनाएको छ ।
ज्वरो आएर निमोनिया सगै डेँगुको सक्रमणबाट बिर्तामोडस्थित बिर्तासिटी अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको श्रेष्ठको सोमबार दिउसो ४ बजे निधन भएको मृतकका भाइ अर्जुन श्रेष्ठले जानकारी दिए ।
योसंगै साउन महिनायता डेंगी संक्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी संक्रमितको संख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।