झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा बिर्तामाेडकाे मेची आँखा अस्पताल छेउबाट दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरु बिर्तामोड ३ निवासी छन् ।

 

सोमबार राति ८ः१५ बजे बिर्तामोड नगरपालिका वडा नं ३ स्थित मेची आँखा अस्पताल छेउमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ३ बस्ने ३४ वर्षीय रोशन राजवंशी र सोही ठाउँका २१ वर्षीय रोहित राजवंशीलाई पक्राउ गरेको हो ।

 

उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र ७६ हजार ३१५ रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ ।

 

दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।