बिर्तामोड । झापा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक व्यक्तिलाई शनिबार साँझ ६ बजे बिर्तामोड क्षेत्रबाट पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित बिर्तामोड बसपार्कमा रहेको ताप्लेजुङ फक्तालुङ होटलबाट ११८ ग्राम ७१०मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पोराभिट्टा, जिरनगाछ किसनगञ्ज जिल्ला बिहार बस्ने २१ वर्षीय लाल मिया रहेका छन् । प्रहरीलाई देख्नासाथ मिया दोस्रो तलासम्म भागेका थिए ।
तर, लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई पछ्याएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मियालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।