बिर्तामोड । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा आज बिहान कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

 

बिहान ५ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ज ३७६० नम्बरको इलेक्ट्रिक कारले पैदलयात्री बिर्तामोड २ का ५५ वर्षीय गंगाप्रसाद राजवंशीलाई ठक्कर दिएको थियो ।

 

ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।