दमक । हात्तीले कुल्चिँदा झापामा एक जना भुटानी शरणार्थीको मृत्यु भएको छ। दमक नगरपालिका ३ बेल्डाँगीको भुटानी शरणार्थी शिविर सेक्टर बीटु, हट नम्बर २५२ बस्ने ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीय हम्से दुम्से सामुदायिक वनभित्र दाउरा काट्न गएका उनी बेलुकासम्म घर नफर्कीएपछि खोजतलास गर्दै जाँदा मंगलबार राति ९ बजे जंगलभित्र शव फेला परेको प्रहरीले जनाएको छ। उनलाई दिउँसोतिरै हात्तीले आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
मृतकको शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ। हात्ती आक्रमणबाट यो वर्ष झापामा ६ जनाको मृत्यु भइसकेको छ ।