झापा । आज शनिबार दिनभरि झापामा विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म झापामा विद्युत् आपूर्ति नहुने भएको हो ।

 

१३२/३२/११ केभी पाडाजुङ्गी स्विचयार्डमा मर्मत कार्य गर्दा दुहबी १३२ केभी सटडाउन हुने भएकाले झापा जिल्लाभरि विद्युत आपूर्ति नहुने भएको हो ।

 

प्राधिकरणको अनारमनी वितरण केन्द्रले एक सूचना जारी गरी अनारमनी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण स्थानहरुमा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।