अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा रहेको कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ ।

 

भारत सिलिगुडी निवासी काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मुर्ति एवं भगवतीको बाहन सिहको प्रतिमासहितको गेट निर्माण गरिदिएका हुन् ।

 

भर्खरै निर्माण सप्पन्न भएको गेटको अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिह गोम्देनले रिवन काटेर समुद्घाटन गरे । कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सप्पन्न कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजाललगायतले दानवीर ब्यक्तित्वलाइ धन्यवाद ब्यक्त गरे ।

 

दानवीर दाता काजल र मुनमुन सरकारलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन इन्दु पूर्बेलीले गरेकी थिइन् । कालिकापीठका उपाध्यक्ष कर्णबहादुर तामाङले कालीस्थानको ऐतिहासिक विवरण प्रस्तुतिसँगै स्वागत गरेका थिए ।

 

काजल सरकारको परिवारले यसअघि कालिकापीठ परिसरमा रहेको अक्षय वृक्षमुनि घेराबारा एवं नवद्वार निर्माण गरिदिएका थिए ।