झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा दमकका २७ वर्षीय बिर्जेश सुनुवार पक्राउ परेका छन् । उनलाई हिजो साँझ ५ः१५ भारतबाट आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका ६ काँकडभिट्टास्थित पुरानो मेची पुलमा सिटी सफारीमा भारतबाट नेपालतर्फ आउँदै गरेका दमक ४ बस्ने सुनुवारलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर शरीर तलासी लिँदा उनले बायाँ खुट्टामा लगाएको जुत्ताभित्र २ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याई सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।