बिर्तामोड । झापाको दमकमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा उर्लाबारी र दमकका युवा रहेका छन् ।

 

प्रहरीका अनुसार मोरङ उर्लाबारी नगरपालिका १ बस्ने २३ वर्षीय पवन नेपाली, झापा दमक नगरपालिका ३ बस्ने १९ वर्षीय रोहण जोगी र सोही ठाउँ बस्ने १६ वर्षीय सुमन धिमाल रहेको प्रहरीले जनाएको छ ।

 

बिहीबार दिउँसो ३ः१५ बजे दमक नगरपालिका ३ मा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा पवन नेपालीको साथबाट ट्रामाडोल ३८ ट्याब्लेट फेला परेको थियो ।

 

उनलाई सोधपुछ गर्दा सुमन धिमालको घरमा अरू केही लागुऔषध रहेको खुलेपछि प्रहरी टोली खटिएर चेकजाँच गर्दा लुकाईछिपाई राखेको अवस्थामा ट्रामाडोल ट्याब्लेट र एन्टीकफ ११६ ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

तीन जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।