झापा । झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

 

मंगलबार राति ८ः३० बजे मेचीनगर १३ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

 

प्रहरीका अनुसार दुर्घटनामा पैदलयात्री हाल पहिचान नखुलेका अन्दाजी ३५-३६ का पुरुष घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।

 

त्यस्तै, मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार मेचीनगर ९ का अन्दाजी २९ वर्षीय मन्दिप मेचे र सोही ठाउँका २५ वर्षीय सागर मेचेसमेत घाइते भई बीएण्डसी अस्पतालमै उपचार गर्न लगिएको थियो ।

 

तर, उपचारकै क्रममा सागर मेचेको आज दिउँसो २ः५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्का घाइते मन्दिप मेचेको अवस्था सामान्य रहेको जनाइएको छ ।