इलाम । इलामको माइजोगमाई गाउँपालिका ५, सोयाङस्थित साठीमुरेका ५७ वर्षीय रामकुमार श्रेष्ठ मृत भेटिएका छन् ।
विगत ८ दिन देखि बेपत्ता रहेका श्रेष्ठको शव आज अपराहन्न ४ बजे माईजोगमाई५ कटुसे पुलभन्दा करिब १ सय मिटर फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मानबहादुर राईले शव सडेको अवस्थामा फेला परेको र केही दिनअघि नै श्रेष्ठको मृत्यु भएको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक श्रेष्ठ भदौ ७ गते शुक्रबार राति ११ बजेसम्म घरमै सुतिरहेका थिए । बिहान खाना खाने समयमा उनी घरमा भेटिएका थिएनन् ।
राति उनी टर्च लाइट लिएर घरबाट हिँडेको स्थानीयले बताएका छन् । रामकुमारका एक छोरा वैदेशिक रोजगारीमा छन् । घरमा पत्नी र दुई छोरी छन् ।