दमक । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

 

आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो ।

 

सोही क्रममा कमल गाउँपालिका ५ का २१ वर्षीय दीपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

 

ब्राउन सुगरसहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।