झापा । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराएका थिए।

 

बेपत्तामध्ये भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई अझै भेटिएका छैनन् ।

 

दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए।

 

‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सफल भएनन्’, फुयलले भने । दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।

 

उनीहरूको खोजीका लागि स्थानीयबासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका थिए। उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै थिए।