झापा । अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा बिरामी भएका २२ जनाको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज दिइएको छ ।

 

पूजाको प्रसाद खाँदा अर्जुनधारा ९ का ८१ जनामा फुड पोइजन हुँदा शनिश्चरे अस्पताल र मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको थियो । जसमध्ये २२ जनाको डिस्चार्ज भएको हो ।

 

अर्जुनधारा नगरपालिकाको सामाजिक विकास शाखाका अनुसार मेची प्रादेशिकबाट १६ जना र शनिश्चरे अस्पतालबाट ६ जनाको डिस्चार्ज गरिएको हो ।

 

फुड पोइजन भएपछि ३९ जनालाई मेची प्रादेशिकतर्फ रेफर गरिएको थियो । बाँकी अन्य बिरामीको शनिश्चरे अस्पतालमा उपचार भइरहेको छ ।

 

बिरामीको उपचार नगरपालिकाले निःशूल्क गरेको छ भने डिस्चार्ज भएका बिरामीलाई घरसम्म पुर्याउने एम्बुलेन्सको व्यवस्था नगरपालिकाले नै गरेको नगर प्रमुख बलदेवसिं गोम्देनले बताएका छन् ।

 

अर्जुनधारा ९ खरबन्दीस्थित रिता निरौलाको घरपैँचोमा मंगलबार लगाइएको पूजाको प्रसाद खाँदा आफन्त, छरछिमेक बिरामी परेका थिए ।