झापा । भारतबाट लागूऔषध ल्याउँदै गर्दा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ पन्थापाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेख रहेका छन् ।

 

मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शेखलाई शंका लागेर चेकजाँच गर्दा उनले लगाएको हाप पाइन्टको दाहिने साइडको गोजीमा ब्राउनसुगर फेला परेको थियो ।

 

उनको साथबाट प्लाष्टिकसहित ३२ ग्राम १६० मिलिग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।