झापा । झापाको हल्दिबारी १ गोलधापबाट १३ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजेको समयमा गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५, कौडा १६ थान, तास ४६९ थान बरामद गरेको छ । पक्राउ पर्नेहरुमा हल्दिबारी– १ का यज्ञराज त्रिताल, वीरबहादुर गुरुङ, रामनाथ साह, भानुभक्त नेपाली, अशोक राई, सरोज दाहाल, प्रकाश गिरी रहेका छन् ।
यसैगरी, बिर्तामोड ५ का राजन चुडाल, भद्रपुर १० का राजेन्द्र तुलाधर, माधव भट्टराई, रामबाबु राउत, बिर्तामोड ७ का बिशाल अधिकारी र बिर्तामोड ८ का सुवास न्यौपाने रहेका छन् । उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।