
झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित इलाम तिल्केनीका कौशल तामाङ पक्राउ परेका छन् । उनलाई गएराति इलाम ८ स्थित गोलाखर्कबाट प्रहरीले पक्राउ गरेको हो ।
राति ९ः२० बजे गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १-०१-००१ज ३९३७ नम्बरको गाडीलाई चेकजाँच गर्दा तिल्केनी बस्ने १८ वर्षीय तामाङको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।