झापा । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने एक व्यक्ति फेरि पक्राउ परेका छन् । प्रहरीका अनुसार कनकाई नगरपालिका ६ बस्ने ३४ वर्षीय बिक्रम हस्दा पक्राउ परेका हुन् ।

 

हिजो साँझ ५ बजेको समयमा पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका हस्दालाई शंका लागेर प्रहरीले शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित ६ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो ।

 

लागूऔषधसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।