बिर्तामोड । रेड स्टार फुटबल क्लब बिर्तामोडका संस्थापक उपाध्यक्ष ज्ञानेन्द्र राउतको निधन भएको छ । उनको भारतको दिल्लीमा उपचारकै क्रममा हिजाे निधन भएको हो ।
क्लबका सचिव प्रेमकृष्ण श्रेष्ठका अनुसार मेचीनगर १० गोलाबारी स्थायी घर भएका ५४ वर्षीय राउत मधुमेह रोगबाट पीडित थिए भने पछिल्लोपटक मुटुसम्बन्धी रोगको उपचारका लागि भारतको दिल्लीस्थित बिएलके म्याक्स हस्पिटल लगिएको थियो ।
बिर्तामोडको कृषिथोक रोडस्थित गणेश मार्केटका सञ्चालक तथा व्यवसायी राउतको उपचारकै क्रममा हिजो निधन भएको क्लबका सचिव श्रेष्ठले जानकारी दिए । राउतको शव भोलि (बुधबार) दिल्लीबाट नेपाल ल्याइ कनकाई माइमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।