झापा । दश दिनअघि आगलागीमा परी घाइते भएकी बिर्तामोडकी ८५ वर्षीया पुष्पलता न्यौपानेको निधन भएको छ । उनी बिताृमोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमा हुन् ।

 

उनको उपचारका क्रममा गएराति ९ः४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा निधन भएको हो । गत कात्तिक २७ गते हरिबोधनी एकादशीका दिन एकादशीको पूजा गर्दा दियोको आगो सल्किएर उनी घाइते भएकी थिइन् ।

 

पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । घाइतेलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

 

त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।