
झापा । झापाको कन्काई ३ स्थित टप्पुमा भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका ४ बस्ने ४६ वर्षीय बुधन आलम, उनकी श्रीमती ३९ वर्षीया कुरेसा खातुन, भारत किसनगञ्ज ठेगाना भइ हाल कनकाई ३ मा बस्ने २० वर्षीय दिलवर हुसेन र उनकी श्रीमती १९ वर्षीया महिदा खातुन रहेका छन् ।
प्रहरीले तत्काल खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । बुधन आलमलाई बाह्रदशी गाउँपालिका ४ बाट पक्राउ गरिएको हो ।
यसैगरी, कुरेसा खातुन, दिलवर हुसेन र महिदा खातुनलाई भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट भारततर्फ भागिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी चन्दले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले झापा जिल्ला अदालतबाट पशुपंछीसम्बन्धी ऐन (गाई गोरु मार्न नहुने) कसुरमा ५ दिन म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।