फिदिम । दुई झापाली टिमले आज जित दर्ता गर्दै यहाँ जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेसँगै सेमी समिकरण पूरा भएको छ ।

 

बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्काई क्लब धरानलाई टाइब्रेकरमा ४(२ गोलले पराजित गर्दै दूधे भेट्रान्स झापाले सेमिफाइनलमा स्थान बनाएको हो । उसले भोलि हुने पहिलो सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो । निर्धिरित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि नतिजा टाइब्रेकरमार्फत निकालिएको हो ।

 

आज नै भएको अन्तिम क्वाटर फाइनल खेलमा रेड स्टार क्लब बिर्तामोड झापाले गोरख भेट्रान्स इलामलाई ३-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । रेड स्टारले अर्को दाबेदार टोली बौद्ध भेट्रान्स रानीटारसँग सेमिफाइनलमा भेट पक्का गरेको छ।

 

फिदिम भेट्रान्स क्लबको आयोजनामा भएको गोल्डकपको फाइनल खेल माघ १२ गते हुनेछ । गोल्डकपको विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ ।