झापा । आज देशका पहाडी भूभागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा र बाँकी भूभागका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

त्यस्तै उच्च-पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावनासमेत रहेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँहरुमा आज बिहान छिटपुट पानी परेको छ भने अहिले पनि आकाशमा बादल लागेको छ ।

 

अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ ।