शनिश्चरे । अर्जुनधारा ११ नम्बर वडाको टिम झापाको अर्जुनधारामा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा सोमबार भएको खेलमा अर्जुनधारा ४ लाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ११ अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

 

निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएको थियो । जसमा अर्जुनधारा ४ का सुरेन लिम्बूले खेलको १५औं मिनेटमा गोल गरे पनि अर्जुनधारा ११ का बाबुराम धिकालले खेलको ३३औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

 

खेलमा विजेता टिमका गोलरक्षक किरण जबेगु उत्कृष्ट खेलाडी भए । उनलाई एनके नेपाल ट्रेड एण्ड सप्लायर्स प्रालिका सञ्चालक माधव घिमिरे, अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनाम, दाता एवम् अर्जुनधारा नगर सभा सदस्य बुद्धिमान लिम्बूलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरेका थिए ।

 

भोलि (मंगलबार)को पहिलो सेमिफाइनल खेल अर्जुनधार १ र अर्जुनधारा २ बीच हुने आयोजक गोलधाप युवा क्लबका सदस्य अर्जुन भट्टराईले जानकारी दिए ।