झापा । तराईका धेरैजसो ठाँउमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि नागरिकको दैनिकी नै प्रभावित बनेको हो ।

 

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्ग प्रभावित भएका छन् । दैनिक जनजीवन, स्वास्थ्य, सडक र बिहानको समयमा हवाई उडान समेतमा प्रभाव परिरहेको मौसमविद् हरि दाहालले जानकारी दिए ।

 

उनका अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन । त्यस्तै हुस्सु र कुहिरो पनि बिस्तारै केही दिनमा कम हुँदै जाने सम्भावना छ । यसैबीच, तराईका जिल्लामा चिसोका कारण विद्यालय बन्द हुने क्रम बढेको छ ।