संक्रान्ति बजार । तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा जारी ऐतिहासिक आठराई मदन मेला २०८३ को अवसरमा आयोजित महिलातर्फको फुटबलमा डिएफसी दारिम्बा पाँचथर र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुम फाइनलमा प्रवेश गरेका छन् ।

 

आज भएको पहिलो सेमिफाइनलमा पाँचथरले जनता सेभेन इलामलाइ ३-१ गोलअन्तरले पराजित गर्दै साविक विजेता म्याङलुङ उपाधि नजिक पुगेको हो । म्याङलुङका लागि प्रजिता राईले २ गोल गर्दा आशिका कार्कीको नाममा एक गोल रह्यो ।

 

इलामका लागि नेहा श्रेष्ठले सान्त्वना गोल गरेकी हुन् । खेलको प्लेयर अफ दी म्याच पाँचथरकी प्रजिता राई भइन् । उनले नगद २ हजार पाइन् ।

 

यसैगरी, अन्तिम सेमिफाइनल खेलमा म्याङलुङले बीसीवाइसी धनकुटालाइ २-० गोलअन्तरले पराजित गरेर पाँचथरसँग भेट पक्का गरेको हो । म्याङलुङका लागि अस्मिता गुरूङले गोल गर्दा एक गोल आत्मघाती उपहार मिलेको थियो। खेलको प्लेयर अफ दी म्याच अस्मिता गुरूङ भइन् ।

 

भोलि फाइनल खेल हुनेछ । उपाधि विजेताले नगद १ लाख ११ हजारसहित आकर्षक ट्रफी पाउँदा उपविजेताले ५५ हजार ५५५ रूपैयाँमा चित्त बुझाउनु पर्नेछ ।