सिस्ने (अर्जुनधारा) । स्थानीय उपभोक्ताले पिउने पानीको विशेष सुविधा माग गर्दै झापाको अर्जुनधारा १ मा रहेको खुदुनाबारी अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिसमक्ष माग गरेका छन् ।

 

२०५१ सालमा स्थापना भएको उक्त समिति स्थानीय अगुवाहरुको पहल र श्रमदानबाट निर्माण भएको भन्दै अर्जुनधारा १ मा पिउने पानीको वैकल्पिक व्यवस्था नभएकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै नियमित पानीको व्यवस्था गर्न माग गरिएको छ ।

 

स्वच्छ पिउने पानीका लागि टंकी फिल्टरको व्यवस्था गरिनुपर्ने, पानीको स्रोत नभएकाले धारा विस्तारको योजना रोक्नुपर्ने, १ नम्बर वडालाई विशेष उपभोक्ता घोषणा गर्दै लोडसेडिङ नहुने प्रतिवद्धता जाहेर गर्नुपर्ने र भूमिगत पिउने पानीका लागि स्रोत पहिचान गरी ओभरहेड टंकी निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

 

स्थानीय उपभोक्ताका तर्फबाट युवा व्यवसायी पवन खनालले खानेपानी संस्थाका अध्यक्ष केदार पराजुलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।