एकतप्पा, इलाम । स्थानीय सीएसएसएफसी बी टिमलाई पराजित गर्दै पाँचथरको एमपीसी इलामको फाकफोकथुम ७ स्थित सिकारी भञ्ज्याङमा जारी चौथो एकतप्पा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

 

स्थानीय सिंहदेवी माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा पाँचथरले सीएसएसएफसीलाई १-० गोलले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरेको हो ।

 

पाँचथरका लागि कप्तान सोनाम राईले गरेको गोल नै निर्णायक बनेको थियो । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद एक हजार पाउन सफल भइन् ।

 

आइतबार आयोजक क्रिएटिभ सोसियल स्पोर्टिङ एफसी र कोलबोटे एफसीबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । कात्तिक १६ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी पाउने आयोजकका अध्यक्ष पदम योङहाङले जानकारी दिए ।