सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले अवैधरुपमा भित्रिएको मानव स्वास्थ्यका लागि खान अयोग्य माछा बरामद गरेको छ ।
प्रहरीले थालेको अवैध धन्दा नियन्त्रण स्वीप अपरेशन अन्तरगत शनिबार पहिलो पटक भारतबाट ल्याएको अवैध तथा मानव स्वास्थ्यका लागि हानिकारक माछा बरामद गरेको हो ।
बरामद गरिएको अवैध माछा सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा र प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको रोहबरमा नेपालमा प्रतिबन्धित माछा क्याट फिस नष्ट गरिएको हो ।
प्रहरीले भारतको पश्चिम बंगाल राज्य उत्तर चौविक परागाना जिल्लाका स्वरुपनगरका २४ वर्षीय मो एमामुल गोल्दारले चलाएर ल्याएको डब्लुबी २५ जे ६१४१ नम्बरको ट्रकमा लोड गरिएको पाँच हजार ८२० केजी विलमा उल्लेख भएको र प्रहरीले धर्मकाटामा वजन गर्दा सात हजार ३२० केजी भएको तथा परिक्षण गर्दा नेपालमा प्रतिवन्धित भएको पुष्टि भएकाले नष्ट गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार अवैध र प्रतिबन्धित माछा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ बाट मत्स्य विकास अधिकृत समेतले परीक्षण गर्दा नेपालमा प्रतिबन्धित भएको पुष्टि भएको प्रतिवेदन दिएकाले नष्ट गरिएको हो ।