झापा । चेम्बर्स अफ कमर्स अर्जुनधाराको अध्यक्षमा पुनः पुष्प रेग्मी चयन भएका छन् । आइतबार सम्पन्न प्रथम साधारण सभाले रेग्मीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले उपाध्यक्षद्वयमा योगेन्द्र पाैडेल र राधाकृष्ण दाहाल, सचिवमा पुष्पलाल चम्लागाईं, सहसचिवमा मुनेश्वर साह र कोषाध्यक्षमा विमला भट्टराईलाई चयन गरेको छ ।
कमर्सको सदस्यमा केदारनाथ देवकोटा, सोना गेलाल, प्रकाश श्रेष्ठ, विनोद खाती र विमल भट्टराईलाई चयन गरेको छ । बाँकी छ जना सदस्यलाई मनोनित गर्ने प्रावधान रहेको छ ।

साधारणसभामा प्रमुख अतिथि मेयर राना, चेम्बर अफ कमर्स प्रदेश नं. १ का अध्यक्ष राजेन्द्र घिमिरे, झापा जिल्ला अध्यक्ष ओमकृष्ण विमली, संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, व्यवसायी रुद्र श्रेष्ठ, शनिश्चरे बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष लवकुश गिरीलगायतले शुभकामना दिएका थिए ।
संस्थाका उपाध्यक्ष योगेन्द्र पौडेलले स्वागत गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।