झापा । काँकडभिट्टा नाकाबाट गत आर्थिक वर्ष तीन अर्व ९९ करोड रुपैयाँ अलैँची निर्यात भएको छ । काँकडभिट्टा नाकाबाहेक विराटनगर भन्सार नाकाबाट पनि अलैँची निर्यात हुने गर्छ ।

अलैँचीको विकास, प्रवद्र्धन र बजारीकरणमा सरकारले सहयोग गर्ने हो भने व्यापार घाटा कम हुन सक्ने नेपाल अलैँची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई बताउँछन् ।

महासचिव भट्टराईले कोरोना संक्रमण र भारतीय अवरोधका बीच पनि चार अर्ब रुपैयाँ बरावरको अलैँची निर्यात भएको जानकारी दिए । पूर्वी नाका हुँदै निर्यात भएका वस्तुमध्ये चिया दोस्रो नम्बरमा पर्छ ।

गतवर्ष २ अर्व १२ करोड रुपैयाँको चिया भारत निर्यात भएको छ । अघिल्ला वर्षको तुलनामा चियाको निर्यात घटेको हो । चिया, अदुवा अलैची, अम्लिसो लगायतका नेपालका कृषिजन्य उत्पादनले भारतीय बजारमा राम्रै मूल्य पाएका छन् ।