झापा । सशस्त्र प्रहरीले बिर्तामोडको एक घरमा छापा मारेर ठूलो परिमाणमा लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक घरमा आइतबार दिउँसो छापा मारी करिब साँढे ५ लाखको कपडा बरामद गरेको हो ।
भन्सार छलेर ल्याइएका सामान सो घरमा भण्डार गरी राखिएको सूचनाको आधारमा छापा मारी बिलबिजक नभएको सामान बरामद गरिएको सशस्त्र प्रहरीका डिएसपी प्रेम भण्डारीले जानकारी दिनुभयो ।
बरामद गरिएको कपडापाँच लाख २७ हजार मूल्यांकन गरी मेची भन्सारमा बुझाइसकेको भण्डारीले जानकारी दिनुभयो ।