बिर्तामोड । टिभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सञ्चालन गरेको ‘टिभिएस दसैंको आशा योजना’ अन्तर्गत झापा विर्तामोड ५ का गणेशप्रसाद गौतमले टिभीएस आरआर ३१० मोटरसाइकल प्राप्त गरेका छन् ।

उनले टिभीएस आरआर ३१० मोटरसाइकल टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद नगरी निःशुल्क प्राप्त गरेका हुन् । विर्तामोड ५ स्थित कृषिथोक बजारमा विगत नौ वर्षदेखि तरकारीको होलसेल व्यापार गर्दै आएका गौतमले टिभिएस नेपाल डटकममा अनलाइन फर्म भरेर आफ्नो नाम रजिस्टर गराएका थिए ।

योजनाअन्तर्गत हरेक साता टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारणमार्फत् गरिने लक्की ड्र मार्फत झापा विर्तामोड ५ का गौतमले टिभीएस आरआर ३१० मोटरसाइकल प्राप्त गरेका हुन् ।

टिभीएसको बिर्तामोडका लागि आधिकारिक बिक्रेता पाथिभरा अटोलिंक बिर्तामोडमा आयोजित कार्यक्रममा गौतमलाई टिभीएस आरआर ३१० मोटरसाइकलको चावी हस्तान्तरण गरिएको थियो । विर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ विर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, पाथिभरा अटोलिंकका सञ्चालक याम कार्की, जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजाललगायतले गौतमलाई मोटरसाइकलको चावी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मोटरसाइकल विजेता गौतमले लक्की ड्र भनेको आफूले जीवनमा कहिल्यै बिश्वास नै नगरेको भए पनि एक्कासी मोटरसाइकल तपाईलाई पर्यो भनेर कम्पनीबाट फोन आउँदा आफू छक्क परेको बताए ।

आफू मोटरसाइकल किन्ने सोचमा रहेपनि पैसाको अभावमा किन्न नसकिरहेको समयमा ‘टिभिएस दसैंको आशा योजना’ अन्तगर्त लक्की ड्र मार्फत टिभीएस आरआर ३१० मोटरसाइकल प्राप्त गरेकोमा जगदम्बा मोटर्सलाई धन्यवाद दिएका छन् ।

योजनामा सहभागिता जनाउन टिभीएसको मोटरसाइकल खरिद गरेकै हुनुपर्ने छैन । ग्राहकले टिभीएसको मोटरसाइकल किनेर वा नकिनेर पनि यो योजनाको सहभागी बन्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार र स्कुटर खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन् । यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको जनाएको छ ।

बम्पर उपहारका रूपमा हरेक साता एकजनाले जित्न सक्ने आरआर ३१० टिभीएसकै सबैभन्दा महँगो मोटरसाइकल रहेको जगदम्बा मोटर्सले जनाएको छ ।

हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले टिभीएसको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउने बताइएको छ ।

कार्यक्रममा पाथिभरा अटोलिंकका सञ्चालक सजेश शिवाकोटी, विपिन वस्नेत, नेपाल अटो मेकानिक ट्रेड युनियन मोटरसाइकल इलाका कमिटी बिर्तामोडका संस्थापक अध्यक्ष दिपेश वस्नेत लगायतको सहभागिता रहेको थियो ।