निशेष राई,
झापा । झापाको निर्वाचन क्षेत्र नम्वर २ मा विकास निर्माणका कामले गति लिएको छ । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारद्वारा सञ्चालित विकास निर्माणका कामले गति लिएको हो ।

यद्यपि केही ठूला विकास निर्माणका आयोजना भने कोरोना महामारीका कारण बढ्दो संक्रमणका कारण प्रभावित बनेपनि पछिल्लो समय सुचारु भएका छन् ।

प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सभापति पवित्रा निरौला खरेलको पहलमा संञ्चालित आर्थिक वर्ष २०७७÷०७८ का लागि विभिन्न योजना सञ्चालन गर्न ३० करोड ५९ लाखभन्दा वढी रकम विनियोजन भएको छ । विनियोजित रकममध्ये केहीको काम शुरु भएको छ भने केही निर्माणका चरणमा छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत स्थानीय सडक पुल निर्माणका लागि ५ योजना छनौटमा परेका छन् भने रणनीतिक सडक पुलहरुको विस्तृत सम्भाव्यता अध्ययनका लागि ३ योजना छनौटमा परेका छन् ।

छनौटमा परेका तीन योजनामा स्टाफ चौक जोड्ने हिले खोला पुल, अर्जुनधारा-११ रहेको छ । जसका लागि ७४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै हडिया खोला पुल निर्माणका लागि ७४ लाख ५० हजार रुपैयाँ वजेट विनियोजन भएको छ । विनियोजित बजेटले साविक बुधबारे–९ मा पुल निर्माण गरिने भएको छ ।

यसैगरी विरीङ खोलाको पुल निर्माणका लागि २ करोड रुपैयाँ बजेट छुट्टिएको छ । यो बुधबारे–दानाबारी सडकका लागि हो । त्यस्तै टाङटिङ खोलामा कज्वे, दानाबारी शिविर जाने बाटोका लागि ७ लाख रुपैयाँ र विरीङ नदीमा पक्की पुल, चम्पापुर घैलाडुब्बा जाने सडकका लागि १३ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यता रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणमा पूर्वपश्चिम राजमार्गको अन्धुवा खोलाको पुल परेको छ । जसका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै राजमार्गको स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि २२ करोड रुपैयाँ विनियोजन भएको छ । बिर्तामोड–चन्द्रगढी–भद्रपुर सडक निर्माण गर्ने झापा क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद पवित्रा निरौला खरेलले बताउनुभयो ।

त्यस्तै तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रममा ११ वटा योजना समेटिएका छन् । ११ वटा योजनामा बिर्तामोड–सैनिक बजार–सैनिक चौक–गोलधाप–राजगढ भारत सीमा सडक निर्माणका लागि ४० लाख, झापा चौक भद्रपुर– बिर्तामोड सडक र बिर्तामोड–सैनिक बजार सैनिक चौक–गोलधाप–राजगढ भारत सीमा सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

यसैगरी लक्ष्मीपुर घैलाडुव्वा घेरावारी सीमा सडक निर्माणका लागि ४० लाख, बिर्तावजारबाट मियावारी हुँदै वुट्टावारी जाने सडकका लागि ४० लाख रुपैयाँ वजेट विनियोजन भएको छ । यसैगरी गरामनी–गोलधाप भुटानी शरणार्थी शिविर पुहातुवाडी-चारआली सडक निर्माणका लागि ४० लाख रुपैयाँ छुट्टिएको छ ।

यता बिर्तामोड, शनिश्चरे–वुधवारे, सडकका लागि पनि ४० लाख रुपैयाँ छुट्टिएको छ । अर्जुनधारा नगरपालिकाको साविक गरुवा चौकबाट इलाम लक्ष्मीपुर भालुखोप जोड्ने सडकका लागि पनि ४० लाख, जयपुर चौकवाट शहीद रामपथ शालिक दक्षिण हडिया पुलचौक सडक ४० लाख, बिर्तामोडबाट मियावारी वुट्टावारी भद्रपुर हुँदै भारत सीमा सडक निर्माणका लागि ४० लाख, बिर्तामोडको मुक्ति चौकवाट शनिश्चरे जयपुर वुधवारे सडकका लागि ४० लाखको लागतमा विकास निर्माणका काम सञ्चालित छन् ।

त्यस्तै खोपवाडीवाट बाह्रघरे स्कूल डाँडा देउनीय चौक सेन्टजेभिर्यस किसानभिट्टा केरुवारी गरामनी बजार हुँदै भुसावारी ४० लाख रुपैयाँ वजेट विनियोजन भएको प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले जानकारी दिनुभयो । सवै योजना सम्पन्न गर्न ३० करोड ५९ लाख ८० हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ ।

यसैबीच वुट्टावारी पूर्व चारआलीसम्म सामुदायिक वन क्षेत्र फैलिएकाले हात्ती नियन्त्रणका लागि आफूले ५० लाख रुपैयाँ वजेट छुट्याएर विद्युतीय तारवार गर्न लागेको खरेलको भनाइ छ । हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार उपयुक्त हुने भएकाले वन परिसरमा विद्युतीय फेन्सी तार विछ्याइने खरेलले बताउनुभयो ।

यता बिर्तामोड नगरपालिकामा सडक, ढल लगायत एकीकृत शहरी पूर्वाधार विकास कार्य सञ्चालनका लागि ९ करोड २९ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । शहरी विकास मन्त्रालय अन्तरगत नै सघन शहरी विकास कार्यक्रमका लागि समेत १३ करोड ७३ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित वजेटले अहिले घमाधम काम भइरहेको खरेलले जानकारी दिनुभयो ।