काठमाडौँ । पदमुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटा बस्दै आएका थिए । अहिले यो निवास खाली छ ।
राष्ट्रपतिले बैशाख ३० सम्म नयाँ सरकार गठनका लागि सोमबार राति ९ बजे दलहरूलाई तीन दिनको म्याद दिएकी छिन् । अब बैशाख ३० गते राति ९ बजेभित्र ओलीको विकल्पमा शेरबहादुर देउवाले बहुमत देखाउन सके भने कामचलाउ प्रधानमन्त्री ओलीले बालुवाटार छाड्नुपर्ने हुन्छ ।
तर, राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेको अवस्थामा कथंकाल विपक्षी दलहरुले बहुमत देखाउन सकेनन् भने ठूलो दलको हिसाबले केपी ओली नै प्रधानमन्त्री बन्नेछन् र उनले तत्काल बालकोट सर्नुपर्ने अवस्था आउने छैनन् । तर, त्यसरी प्रधानमन्त्री बनेको एक महिनापछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने हुन्छ ।
सोमबार संसदमा भएको मतदानमा प्रधानमन्त्री ओलीले बहुमत पाउनका लागि १३६ मत ल्याउनुपर्नेमा ९३ मत मात्रै पाएपछि उनी पदमुक्त भएका हुन् ।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा मन्त्री बनेका बेला पुल्चोकस्थित मन्त्री निवास नबसी बालकोटस्थित ओली निवासमा बसेका थिए । मन्त्रीबाट राजीनामा दिएलगत्तै उनको निजी निवासमा विप्लव समूहले बम बिस्फोट गराएर क्षति पु¥याइ दिएको थियो । त्यसबेला बाँस्कोटाको एकतले पुरानो घरमा तल्ला थप्ने कार्य भइरहेको थियो ।
अहिले पूर्वमन्त्री बाँस्कोटा ओली निवास छाडेर आफ्नै घरमा सरिसकेका छन् । त्यसैले केपी ओलीका दुईवटै घरहरु अहिले बालकोटमा खाली छन् । तीन वर्षयता यी घरमा चहल–पहल शून्य रहँदै आएको छ । राताेपाटीबाट