झापा । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताउनुभएको छ ।

शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताउनु भएको हो । उहाँले ‘कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ, प्रधानमन्त्रीलाई भन्नुभएको छ ।

उहाँले ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गर्नु भएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘अरु बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘

उहाँ भन्नुहुन्छ, ‘सम्माननीय, प्रधानमन्त्री , व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!’