तेह्रथुम । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले तेह्रथुमका किसानको लाखौँका फलफूल बोटमै नष्ट हुन थालेका छन्।

किसानले उत्पादन गर्दै आएको लिची यतीबेला बोटमै कुहिन थालेको हो । फलफूल खेती रोज्दै आएका किसान कोरोना भाइरसको मारमा पर्दै आएका छन् ।

गाउँका किसानले निषेधाज्ञाका कारण बजारसम्म बिक्रीका लागी पुर्याउने अबस्था छैन । केहीबर्ष अघिसम्म घरमै आएर ब्यापारीले खरिद गर्ने गरेका थिए तर अहिले त्यो अबस्था छैन ।

हाटबजार लाग्दैन ब्यापारीको के कुरा ग्राहकसम्म आउँदैनन् बगैँचाहरुमा । गाउँका मानिसलाई फाट्टफुट बिक्री गर्नु बाहेक अरु कुनै विकल्प नै छैन किसानलाई ।

केही बर्ष अघिसम्म राम्रो आम्दानी लिँदै आएका यहाँका किसानहरु कोरोना महामारीका कारण उत्पादन भएर पनि आम्दानी लिन नपाएको किसानहरुको गुनासो छ ।