धनकुटा । सहिद भूमि गाउँपालिका धनकुटाले एक कार्यक्रमका बीच किसानलाई उन्नत जातका बोयर बाख्रा तथा बोका वितरण गरेको छ ।

गाउँपालिकाको वडा नं १ धापमा रहेको धाप इनोभेटिक पशुपालन कृषि समूहलाई १३ वटा उन्नत जातको बोयर बाख्रा तथा २ वटा उपाध्यक्ष रत्नश्वरी राईले वितरण गरेको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

मासुमा आत्मनिर्भर तथा व्यावसायिक पशुपालन व्यवसाय विस्तारका लागि गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्राका साना व्यवसाय उत्पादन केन्द्र पकेट विकास कार्यक्रमबाट ३ लाख बराबरको बाख्रा तथा बोका खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले जम्मा ५ वटा कृषि समूहलाई वितरण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।